-

  • नयाँ खबर

    02 October, 2016

    कालो छालाको सौन्दर्य


    राधिका केसी,
    मध्य नेपाल सन्देश
    हाम्रो समाजमा गोरो रंगको छालााई राम्रो भन्ने चलन छ । प्रायः जसो मानिसहरु गोरो हुनु नै सुन्दरता हो भन्ने गर्दछन् । तर वास्तवमा गोरो हुनैमा राम्रो हुने र कालो हुदैमा नराम्रो हुने भन्ने चाही होइन ।  कालो रंग भएको मानिसको अनुहार तथा शरीरको छाला स्वस्थ र सफा अनि आर्षण देखिन्छ । 
    गोरो छालामा चाया, दाग आदि छिटै देखिन्छ । छाला सम्बन्धी रोग पनि छिटै लाग्छ । कालो रंगको छालामा यो सव छिटै हुदैन । अनि हल्का दागहरु पनि छिटै देखिन्दैन । कतिपय मानिस आफनो कालो छालालाई लिएर दुःखि हुन्छन् । आफ्नैे सौन्दर्य प्रति लापर्वाही गर्छन् यो गल्त हो । यस्ता मानिसहरुले आफुलाई सुहाउने र उपयुतm रंगको कपडाको छनौट गरेर लगाउने, सुहाउदो गहना र सृगार गरेमा गोरो रंगको मानिस भन्दा कालो रंगको मानिस राम्रो आकर्षक देखिन्छ । मानिसको छाला कालो र गोरो हुनुमा बंशानुगत कारण हो । र अर्को कारण हाम्रो शरिरमा हुने मेलालिन तत्व हो । हाम्रो छाला बिभिन्न तहले बनेको हुन्छ र छालाको रंग भने तीन चिजले मिलेर बनेको हुन्छ । जस अन्र्तगत छालाको बाहिरी भागमा हुने मेलालिन, मध्य भागमा हुने केरोटिन र भित्री भागमा हुने रगत पर्दछन् । छालामा बिभिन्न रंग उत्पादन गर्ने कोशिकाहरुलाई मेलेनोसाईट भनिन्छ । वास्तवमा मानिसको छाला कालो र गोरो हुनु नै मेलालिनको नै सबैभन्दा मुख्य भूमिका हो । मेलालिन, मेलोनोसाईटद्धारा उत्पन्न हुन्छ । बिभिन्न जातीमा मेलेनोसाईटको संख्या स्थिर हुन्छ । यही कारण मानिसको छालाको रंग अलग अलग हुन्छ । छालाामा मेलोनोसाईटको आकार ठूलो छ भने त्यो मानिस कालो हुन्छ । सानो छ भने गोरो हुन्छ । कालो छालालाई गोरो बनाउने घरेलु उपायहरु ।
    १. पाकेको स्याउको रसमा गुलाब रुल मिलाएर केहि दिनसम्म नियमित रुपमा लगाएमा रंग गोरो हुन्छ । 
    २. सुन्तलाको पाकेको बोक्रालाई छायामा सुकाउने र त्यसलाई धुलो बनाएर अनुहारमा लगाउने र सुके पछि पानीले धुने गरेमा पनि अनुहार गोरो हुन्छ ।
    ३. काक्रोको रस, आलुको रस र कागतीको रस बराबर मात्रामा मिलाएर दिनमा एक पटक लगाएर एक घण्टापछि पानीले पखालेमा पनि अनुहार गोरो हुन्छ । 
    ४. गहँु र जौको पिठो चार भाग, एक भाग बेसार र एक भाग केशर मिलाउने र यसलाई दुध, गुलावजल र कागतीको रसमा पेष्ट बनाएर अनुहारमा लगाउने र सुके पछि धुने गर्नाले छालाको रंग गोरो हुन्छ । 
    ५. महिनामा एक पटक ब्लिच गर्दा पनि छाला गोरो हुन्छ । (केसी आकर्षण व्यूटिपार्लरकी व्यूटी कन्सल्टेन्सी छिन्)
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: कालो छालाको सौन्दर्य Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top