-

  • नयाँ खबर

    02 October, 2016

    मधेशी महिला मधेशी समाजबाटै बढी शोषित : महिला नेतृहरु

    – प्रियंका गुप्ता,
    मध्य नेपाल सन्देश
    दोस्रो मधेस आन्दोलनको मुख्य केन्द्र बनेको वीरगन्जमा मधेशवादी दलका पार्टीहरुमा महिला नेतृहरुको सहभागिता औंलामा गन्न सकिन्छ । महिला नेतृहरुको सख्या कम हुँदा यस्तो भएको हो । पहिले भन्दा महिला नेतृको सख्यामा वृद्धि भए पनि उत्साहजनक सहभागिता नभएको सदभावना पार्टीको भातृ संगठन महिला मञ्च पर्साकी अध्यक्ष रेखा साहको भनाइ छ । पहिलो मधेश आन्दोलनमा उत्साहजनक सहभागीता जनाएर महिलाहरुको प्रेरणाको स्रोत बनेकी महिला नेतृ करिमा वेगम पर्साको चर्चित नाम हो । नेतृ वेगम त नेपाल सरकारको राज्यमन्त्री सम्म बन्न सफल भएको साहले बताइन् । उनी आफूहरुको समेत पथ प्रर्दशक भएको यहाँका विभिन्न पार्टीमा लाग्ने महिला नेतृहरुको भनाइ छ । 
    वीरगन्जका नेतृहरुमा अहिले अनिता रौनियार, मालती कुशवाहा, मुनी श्रीवास्तव, उषा श्रीवास्तव परिचित नाम बन्न थालेको । बाराका महिला नेतृहरुमा भने कलावती पासवान, पिंकी यादव निकै चर्चामा छन् । विगत पनि निकै संघर्षपूर्ण रहेको महिला नेतृहरुको वर्तमान पनि अझै उत्तिकै संघर्षपूर्ण नै रहेको वीरगन्जकी मालती कुश्वाहाको ठहर्छ । ‘वीरगन्जबाट कुनै पार्टीमा महिलाहरु आउँनु भनेको गाली, कुरा सुनेर लाग्नु भनेको हो ।’ उनले भनिन् । ‘सधै कसै न कसैले हामीलाई नराम्रो दृष्टिकोणले हेर्छन् , तर पनि हामी हिम्मत हारेका छैनौ, निरन्तर राजनीतिमा लागेका छौ ,अघि बढेका छौं’ उनले थपिन् । 
    जबसम्म मधेसी समाजले नै आफ्नो छोरी, बुहारीलाई सम्मान तरिकाले राजनीतिमा आउन दिदैनन्, तब सम्म राजनीतिमा महिला सहभागिता नबढ्ने महिला नेतृहरुको भनाई छ । बारा, पर्सा, रौतहट भन्दा बढि पुर्वी मधेसका जिल्लाहरुमा राम्रा र प्रभावशाली महिला नेतृहरु छन् । यहाँ पनि जन्मिन समय लाग्दैन । तर सबैले आफ्ना छोरी बुहारीलाई राजनीतिमा पठाए मात्र उनीहरुको तर्क छ ।  मधेसी समाज पुरुषवादी चिन्तनले निर्देशित समाज हो ,छोरीबेटी माथि भेदभाव गर्छन्, घरपरिवारले विना कामको बाहिर निस्किन समेत दिदैंनन् अनि कसरी चलाख  बन्छन् त यहाँका महिला ? वीरगन्जका महिला नेतृहरुको भनाइ छ । 
    मधेसी महिलाहरुलाई सबैभन्दा बढि मधेशी समाजले नै शोषण गर्ने गरेको महिला नेतृहरुको जिकिर छ । यस्तो रवैया अगामी दिनमा परिवर्तन हुनुपर्ने उनीहरुले माग नै गरे । देश विकासमा टेवा पु¥याउन पनि महिलाहरुको सहभागिता हुनुपर्ने अन्यथा पछि पछताउनु पर्ने हुन सक्छ । त्यसैले समयमा नै दुषित सोचमा परिवर्तन गर्न पर्ने महिला नेतृहरुको भनाई छ ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: मधेशी महिला मधेशी समाजबाटै बढी शोषित : महिला नेतृहरु Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top